एमालेले मंसिर अन्तिम साता महाधिवेशन गर्ने
स्थान र मिति तोक्ने जिम्मा केन्द्रीय कमिटीलाई
नेकपा एमालेले ११ औं महाधिवेशन मंसिरको अन्तिम साता हुने भएको छ । शुक्रबार र आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन हुने स्थान र मिति केन्द्रीय कमिटीले तोक्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्नेछ ।
एमालेको सचिवालय बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । बैठकले प्रतिनिधिसभा विघटन बदर गर्दै पुनस्र्थापना हुनुपर्छ भन्ने माग गरेको ज्ञवालीले बताए ।
त्यस्तै अहिलेको सरकार निर्वाचनको कार्यादेशले गठन भए पनि सरकार निर्वाचनको बाटोमा नरहेको एमालेको निश्कर्ष छ । सरकार अहिले पनि निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिडिरहेको उपमहासचिव ज्ञवालीले बताए ।
‘सुरक्षाको उच्च जोखिम छ, त्यति नै बेला नेताहरुको सुरक्षा प्रबन्ध फिर्ता गरिएको छ । प्रहरीका हतियार लुट्ने, चौकी ध्वस्त बनाउने अपराधीलाई सप्रमाण गिरफ्तार गरेर ल्याउँदा गृहमन्त्रीको दबाबमा रिहा गरिएको छ । यसले सुरक्षा जोखिम बढाएको छ’, उनले भने ।
एमालेले राष्ट्रियता, लोकतन्त्र, संविधानका पक्षधर सबै राजनीतिक दल र नेपाली नागरिकलाई एकतावद्ध भएर अगाडि बढ्न अपिल गरेको छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

