एमालेले मंसिर अन्तिम साता महाधिवेशन गर्ने
स्थान र मिति तोक्ने जिम्मा केन्द्रीय कमिटीलाई
नेकपा एमालेले ११ औं महाधिवेशन मंसिरको अन्तिम साता हुने भएको छ । शुक्रबार र आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन हुने स्थान र मिति केन्द्रीय कमिटीले तोक्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्नेछ ।
एमालेको सचिवालय बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । बैठकले प्रतिनिधिसभा विघटन बदर गर्दै पुनस्र्थापना हुनुपर्छ भन्ने माग गरेको ज्ञवालीले बताए ।
त्यस्तै अहिलेको सरकार निर्वाचनको कार्यादेशले गठन भए पनि सरकार निर्वाचनको बाटोमा नरहेको एमालेको निश्कर्ष छ । सरकार अहिले पनि निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिडिरहेको उपमहासचिव ज्ञवालीले बताए ।
‘सुरक्षाको उच्च जोखिम छ, त्यति नै बेला नेताहरुको सुरक्षा प्रबन्ध फिर्ता गरिएको छ । प्रहरीका हतियार लुट्ने, चौकी ध्वस्त बनाउने अपराधीलाई सप्रमाण गिरफ्तार गरेर ल्याउँदा गृहमन्त्रीको दबाबमा रिहा गरिएको छ । यसले सुरक्षा जोखिम बढाएको छ’, उनले भने ।
एमालेले राष्ट्रियता, लोकतन्त्र, संविधानका पक्षधर सबै राजनीतिक दल र नेपाली नागरिकलाई एकतावद्ध भएर अगाडि बढ्न अपिल गरेको छ ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)