ओलीको चुनौती : नेतृत्व छाड्दिन, केन्द्रीय कमिटीबाट हटाएर देखाऊ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछोड्ने बताएका छन् । आफुले कुनै गल्ती नगरेको, भ्रष्टाचार नगरेको भन्दै उनले नेतृत्व नछोड्ने बताएका हुन् ।
बुधबार ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै उनले आफूलाई केन्द्रीय कमिटीबाट हटाउन चुनौती दिए ।
‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन, यो कमिटीले हट्नुपर्छ भनेका बेला एकदम खुशी साथ हट्छु’, उनले भने । तर कोही नेताले अखबारबाजी गरेर लोकप्रियतावादको पछि कुदेर राजीनामा माग्दैमा नदिने पनि उनले बताए ।
पार्टीका कतिपय नेताले ‘तपाईलाई बोकेर जान सकिँदैन’ भनेको भन्दै ओलीले जवाफ दिए, ‘किन बोक्नुपर्यो म आफैं हिँड्छु ।’
पार्टीका कतिपय नेताहरु विरोधीहरुको लहैलहैमा लागेर आफ्नो राजीनमा माग गरिरहेको ओलीले बताए । ‘हामीले भ्रष्टाचार गरेका छौं ?, अनैतिकता गरेका छौं कि ?, नराम्रो व्यवहार गरेका छौं ? भिजन छैन कि, काम गर्न सक्रिय छैन कि के भएर नराम्रो भयो’, उनले सोधे ।
कतिपयले केपी ओली अझै सप्रेको छैन भनेर टिप्पणी गरेको भन्दै ओलीले आफू बिग्रिदै नबिग्रेकाले सप्रिन नपर्ने जवाफ दिए । ‘बरु सिंहदरबार जलाउनेहरु सप्रिनुपर्यो’, उनले भने ।
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
