नेभिगेशन
राजनीति

जेनजी, दलहरु र पूर्वराजाबीच नवीन समझदारी गरौं : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजी समूह, अरु राजनीतिक दल र पूर्वराजाबीच नविन समझदारी गर्नुपर्ने बताएको छ ।

बुधबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णयमा भनिएको छ, 'जेन्जी समूह, विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर कसैले नहार्ने सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गरेर जानु आजको राष्ट्रिय आवश्यकता हो ।'

राप्रपाले परिवर्तित सन्दर्भमा पार्टीको मुद्दाहरु र राजनीतिक विकल्पहरुमा राजनीतिक दलहरु र विभिन्न पक्षसंग सम्वाद गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ ।

राप्रपाले पार्टीको विचार नीति, आसन्न निर्वाचन लगायतका विषयमा आम जनतासंग साक्षात्कार गर्न छठपछि जनसम्वाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

राप्रपाको महाधिवेशन मिति भने कात्तिक २७ र २८ गते काठमाडौँमा हुने केन्द्रीय समितिको बैठकले तोक्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

जेनजी आन्दोलन र चाडबाडका कारण स्थानीय तह, प्रदेश र जिल्ला कार्य समितिको अधिवेशन प्रभावित भएको भन्दै राप्रपाले २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरेको छ ।

पछिल्लो समय जेनजीका नामबाट जबर्जस्ती चन्दा असुली, जलविद्युत आयोजनाको नि:शुल्क शेयर माग गर्ने, सार्वजनिक पदाधिकारीलाई अनावश्यक दवाव दिनेजस्ता काम भएको भन्दै राप्रपाले यसमा संलग्नलाई कारबाहीको माग गरेको छ ।

राप्रपाले अनुशासन समितिको सिफारिसमा पार्टीको जुम्ला जिल्ला अध्यक्ष वेदबहादुर शाही, उपाध्यक्षद्वय बिमल शाही, कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई एक वर्षका लागि निलम्बन गरेको छ ।

हेर्नुहोस् राप्रपाको निर्णयहरु

rpp-1760526037.jpg
rpp-4-1760526037.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति