मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभाका बहुमत सदस्यको समर्थन पेश गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सोनललाई लोसपासँगै जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका गरी ५६ सांसदको समर्थन रहेको छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले भने अहिलेको सरकारलाई समर्थन गरेको छैन ।
मधेश प्रदेशसभामा १०७ जना सांसद रहेका छन् । मुख्यमन्त्री नियुक्त हुन ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका सांसद कृष्ण यादवले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनले नेपाली कांग्रेसका २२, एमालेका २३ र जनमत पार्टीका १३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका थिए ।
तर जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले सोनललाई समर्थन गरेपछि यादव मुख्यमन्त्री बन्न सकेनन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

