मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभाका बहुमत सदस्यको समर्थन पेश गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सोनललाई लोसपासँगै जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका गरी ५६ सांसदको समर्थन रहेको छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले भने अहिलेको सरकारलाई समर्थन गरेको छैन ।
मधेश प्रदेशसभामा १०७ जना सांसद रहेका छन् । मुख्यमन्त्री नियुक्त हुन ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका सांसद कृष्ण यादवले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनले नेपाली कांग्रेसका २२, एमालेका २३ र जनमत पार्टीका १३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका थिए ।
तर जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले सोनललाई समर्थन गरेपछि यादव मुख्यमन्त्री बन्न सकेनन् ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)