ओली सरकारले पठाएका ११ देशका राजदूत फिर्ता
सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, स्पेन, साउदी अरब, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाएको हो ।
सञ्चारमन्त्री जगदिश खरेलका अनुसार उनीहरुलाई कात्तिकको २० गतेभित्र नेपाल फर्किसक्न भनिएको छ ।
कांग्रेस-एमाले सरकारले चीनमा कृष्णप्राद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, मलेसियामा नेत्र तिमल्सिना, कतारमा रमेशचन्द्र पौडेल र रुसमा जंगबहादुर चौहानलाई राजदूत पठाएको थियो ।
त्यस्तै साउदी अरेबियामा नरेशविक्रम ढकाल, स्पेनमा सनिल नेपाल, बेलायतमा चन्द्र घिमिरे, अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा दुर्गाबहादुर सुवेदीलाई राजदूत पठाएको थियो ।
अब उनीहरु सबै फिर्ता आउनुपर्नेछ । ओली सरकारले २०८१ साउनमा १७ देशमा राजदूत सिफारिस गरेको थियो । तीमध्ये ११ जनालाई अन्तरिम सरकारले फिर्ता बोलाएको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, दक्षिण अफ्रिकाका डा. कपिल श्रेष्ठ, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाङ्फे, श्रीलंकाका पूर्णबहादुर नेपाली र पाकिस्तानका रिता धिताललाई भने फिर्ता बोलाइएको छैन ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



