नेपाली सेनाले भन्यो – चुनावको विकल्प छैन
नेपाली सेनाले चुनावको विकल्प नभएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सेनाले जेनजी बिद्रोहका क्रममा भएको घटनाबारे उठेका प्रश्नहरुको जवाफ दिएको हो ।
पत्रकार सम्मलनमा सेनाका उच्च अधिकारीहरुलाई जेनजी प्रतिनिधिहरुसँग सेना प्रमुखले गरेको वार्ताबारे सोधिएको थियो ।
जवाफमा युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले सेनाले राजनीति नगर्ने बताए । जेनजी विद्रोहपछि शान्ति सुरक्षा र अमन चयन कायम गर्न नेपाली सेनाले आवश्यक पहल लिएको भन्दै उनले भने, ‘यसको परिणामबाट कस्तो नियत थियो भन्ने आंकलन गर्न सकिन्छ ।’
उनले अगाडि भने, ‘राजनीतिक दलहरुसँग छलफलमा उत्रिने अवस्था थिएन । यो परिस्थतिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निर्क्योल थियो ।’
चुनावको सम्बन्धमा सोधिएको प्रश्नमा अर्का उपरथीले सुरक्षा चुनौती रहेको स्वीकार गरे । तर विशेष परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै उनले भने, ‘यो विषयमा हामीले धेरै बोल्नु हुँदैन । तर चुनावको विकल्प छैन जस्तो लाग्छ ।’
राजनीतिक दलहरुले पनि सकारात्मक भूमिका खेल्दै जानुपर्नेमा उनले जोड पदए ।
चुनाव गर्नुपर्छ भन्ने सबैले संकल्प गरेको, गृह मन्त्रालय मातहतको सुरक्षा समिति सक्रिय भइसकेको उनले जानकारी दिए । सबैले प्रयास गर्ने हो भने शान्ति सुरक्षाको अवस्था बन्ने र समयमा चुनाव हुने उनले बताए ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

