नेतृत्व छाड्न योगेशले दिए ओलीलाई दुई विकल्प
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेतृत्व हस्तान्तरणका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई विकल्प दिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा लिखित मत राखेका उनले तत्कालै पार्टीका वरिष्ठतम नेतालाई कार्यबाहक दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने पहिलो विकल्प भएको बताएका छन् । त्यस्तै ओलीले अहिले नै नेतृत्व हस्तान्तरणको पूर्व घोषणा गर्ने र उनकै नेतृत्वमा महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने अर्को विकल्प भट्टराईले प्रस्तुत गरेका छन् ।
यसमध्ये कुन विकल्प रोज्ने ओलीलाई दिनुपर्ने उनले बताए । तर नेतृत्व हस्तान्तरण गर्नुपर्ने भट्टराईको जोड छ ।
उनले ओलीलाई लिडर अफ रिकन्सिलिएसन अर्थात मेलमिलापको नेता बन्न समेत आग्रह गरेका छन् ।
सचिव भट्टराईले पार्टीमा एकता चाहिएको भन्दै पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण नगर्ने यसअघिको निर्णय परिर्वतन गर्न समेत माग गरेका छन् ।
उनले संसद पुनर्स्थापना भन्दा चुनावलाई जोड दिएका छन् । यदि तोकिएको समयमा चुनाव भएन भने मात्र प्रतिनिधिसभा पुनर्स्थापनाको मागले जनसमर्थन पाउन सक्ने उनको बुझाइ छ ।
त्यो बेला पनि पुनर्स्थापित संसदबाट पूर्व प्रधानमन्त्रीहरु पुनः प्रधानमन्त्री नहुने, जेनजी प्रतिनिधि समेत भएको सर्वदलीय सरकार बनाउने, आन्दोलनमा भावना अनुसार संविधान संशोधन गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने र बढीमा ८ महिनाभित्र तीनै तहको चुनाव एकै पटक गर्ने प्रतिवद्धता गर्नुपर्ने भट्टराईको प्रस्ताव छ ।
हेर्नुहोस् भट्टराईले राखेको मन्तव्य
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)