एमालेको निर्णय : संसद पुनर्स्थापना नै उत्तम विकल्प
नेकपा एमालेले अहिलेको संकटको समाधानको उत्तम विकल्प संसद पुनर्स्थापना नै भएको निश्कर्ष निकालेको छ ।
शुक्रबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा र जेनजीको माग सम्बोधन गर्ने उत्तम विकल्प संसद पुनर्स्थापना नै भएको निश्कर्ष निकालेको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संसद पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिसँग सहकार्य गर्ने निर्णय पनि भएको छ ।
जेनजी आन्दोलनपछि नियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए ।
त्यस्तै संसद पुनर्स्थापनाको न्यायिक निरुपणका लागि प्रक्रिया आरम्भ भइसकेकाले त्यसका लागि जनमत निर्माण गर्न एमालेले आफ्नो शक्ति परिचालनगर्ने पनि निर्णय गरेको छ ।
एमाले बैठकले समसामयिक परिस्थितिका विषयमा २२ वटा प्रस्ताव पनि पारित गरेको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



