सरकारको निर्णय मान्दिन, काम पर्यो भने नेपालभित्र जहाँ पनि जान्छु : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू काठमाडौं उपत्यकामा स्थानहद भएर नबस्ने बताएका छन् । उनले आफू काम पर्यो भने नेपाल भित्र जहाँ पनि जाने बताएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई उपत्यउका छाड्न रोक लगाएको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू सरकारको निर्णय मानेर नबस्ने बताए ।
‘झापामा मेरो घर जलाइयो, मेरो घर जलेको हेर्न नपाउने ? साँगादेखि पर धुलिखेलमा बैठक राख्यो भने जान नपाउने रे ? म जतिबेला काम पर्छ, त्यतिबेला साँगा कट्ने होइन, नेपालको सरहदभित्र जहाँ पनि जान्छु’, उनले भने ।
ओलीले अगाडि भने, ‘कुन कानुनले समाउँछ ? कुन लोकतन्त्रले छेक्छ ? जथाभावी गर्ने ? मनपरी गर्ने ? मौखिक आदेशले जे पनि गर्न पाइन्छ ? कारण हुनुपर्छ ।’
उनले राजनीतिक दलसँग संवाद नगर्ने, दलहरुलाई निषेध गर्ने, अनि फागुन २१ गते चुनाव गर्ने भनेर सम्भव नहुने बताए ।
आफूहरुले त्यही कारण संसद पुनस्र्थापनाको माग गरेको ओलीको भनाइ छ ।
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
