प्रधानमन्त्री र मन्त्री भएकाहरुको नेतृत्वमा कम्युनिस्ट एकता सम्भव हुन्न : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले प्रधानमन्त्री र मन्त्री भइसकेकाहरुले कम्युनिस्ट पार्टीको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिस्ट एकताको आवश्यकता बढेर गएको, तर पुराना कम्युनिस्ट पार्टी र व्यक्तिहरुले अहिलेको अवस्थामा नागरिकको चाहना अनुसारको कम्युनिस्ट पार्टीको नेतृत्व गर्न नसक्ने बताए ।
सरकारको नेतृत्व गरिसकेका र कुनै पनि ढंगले राज्यका नियकामा पुगिसकेकाहरु बाहेक अन्य नेता र नयाँ पुस्तासहितको नयाँ कम्युनिस्ट पार्टी बनाउनुपर्ने उनको भनाइ छ ।
महासचिव विप्लवले अहिलेको अन्तरिम सरकारले जेनजीको आवश्यकता पूरा गर्न नसक्ने भन्दै सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका छन् । सर्वपक्षीय अन्तरिम सरकारमा जेनजी पुस्ता र अहिलेसम्म सत्ता भन्दा बाहिर रहेका आन्दोलनकारी शक्ति उत्पीडित समुदाय समेटिनुपर्ने उनले बताए ।
त्यो सरकारले उच्चस्तरीय संविधान सुधार वा संविधान निर्माण आयोग गठन गर्ने, राज्य पुनर्संरचना र शासकीय स्वरुपका विषयमा संविधान संशोधन गर्नुपर्ने विप्लवको भनाइ छ ।
उनले तत्काल भ्रष्टाचार छानबिन आयोग बनाउन र भ्रष्टाचारकाुे मुद्दा फैसला गर्ने छुट्टै न्यायालय बनाउन पनि माग गरे ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)