फेरि प्रधानमन्त्री !
                                                                    
                                
                            केपी ओली फेरि प्रधानमन्त्री ! हो, यो कुनै ठट्टा होइन । स्वयम् ओलीले भनेका हुन् ।
सेप्टेम्बर ८ मा भएको बर्बर दमन गरेकोमा कारबाही गर्नुपर्ने चर्को दबाव छ । उनकै दल एमालेका नेता कार्यकर्ताले समेत नेतृत्व छाड्न माग गरेका छन् । तर ओलीले भने 'ओलीलाई फेरि ल्याउँ' भनेर भन्ने अवस्था आउने दाबी गरेका छन् ।
आइतबार सम्पादकहरुसँग भएको ओलीले त्यस्तो के भने, जुन धेरैलाई पत्यार लाग्दैन ।
आज ओली र सम्पादकहरुको सम्वाद कार्यक्रम थियो । करिव ४० मिनेट पत्रकारहरुको प्रश्न सुनेका ओलीले सवा घन्टा जवाफ दिए । जेनजी आन्दोलन, नयाँ सरकार, चुनाव लगायतका विषयमा उनले हिजो अस्ति जे भनेका थिए, त्यही दोहोर्याएका छन् । तर एउटा अप्रत्यासित दाबी गरे, फेरि प्रधानमन्त्री हुन्छु ।
भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सडकमा आएका जेनजीहरुमाथि जुन दमन भयो, त्यसको लिएर ओलीले चौतर्फी आलोचना सामना गर्नु परेको छ । उनले भने आन्दोलनमा घुसपैठ भएको थियो भन्ने भाष्य बनाउने प्रयास गर्दै आएका छन् । 
आइतबार त उनले 'टीओबी'को नामै लिए । भटभटे मोटरसाइकल बाला आएर एभरेष्ट अस्पिटल अगाडि ब्यारिकेट तोड्न सुरु गरेपछि परिस्थिति असामान्य बनेको दाबी गरे ।
'टिबेटियन ओरिजिन ब्लड' अर्थात टीओबी ज्याकेट लगाएको समूह जेनजी प्रदर्शनमा संलग्न भएको भिडियोहरु हालै भाइरल भएको थियो । त्यसमध्ये एक तेन्जिङ दावा लामालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान समेत गरिरहेको छ । 
तर, ओलीले भने सम्पूर्ण दोष यो समूहमाथि लगाए । आन्दोलन सफल भयो भनेर फर्किएका जेनजीहरुलाई बाटो छेकेर संसदभवनतिर लगेको उनको दाबी छ । भोलिपल्ट सेप्टेम्बर ९ मा आगजनी, तोडफोड, लुटपाट जे भयो, त्यसका लागि योजनावद्ध रुपमा अघिल्लो दिन परिस्थिति भड्काउने काम भएको उनको दाबी छ । 
तत्कालीन प्रधानमन्त्री सेप्टेबर ८ र ९ मा भएको घटनाबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान दिन नजाने दोहोर्याए । केपी ओलीलाई पक्राउ गर्नुपर्छ भनेर बनेको उनको दाबी छ । आफूलाई पक्राउ गर्न भनेर महान्यायाधिवक्ता कार्यालयदेखि सबैतिर दबाव दिइएको समेत बताए ।
अनि, सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको पनि दोहोर्याए । 
तर, बालुवाटारबाट सेनाले उद्दार गरेपछि कस्तो अवस्थामा राखिएको थियो ? नयाँ सरकार गठनबारे राष्ट्रपति र सेनापतिसँग के छलफल भएको थियो भनेर खुलाए ।
प्रदर्शनकारीहरु बालुवाटारको गेटमै पुगेपछि सेनाले उनलाई हेलिकप्टरबाट उद्दार गरेको थियो । कहाँ राखिएको थियो भन्ने त उनले खुलाएनन् । तर प्रधानमन्त्री सुशीला कार्कीको सपथ नभएसम्म उनलाई मोबाइल फोन चलाउन नदिएको सुनाए । त्यसबेलासम्म उनको फोन सिज गरिएको थियो ।
ओलीका अनुसार नयाँ सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र  सेनापति अशोक सिग्देलसँग उनको सम्वाद भएको थियो । राष्ट्रपतिले ‘उपयुक्त निकासका लागि सिफारिश गर्न आग्रह गरेपछि आफूले संविधान र लोकतान्त्रिक प्रणालीबाट निकास खोज्न सिफारिस गरेको पनि उनले स्वीकार गरेका छन् । 
तर, आफूले सुशीला कार्की वा कोही प्रधानमन्त्री हुनुपर्छ भनेर सिफारिश नगरेको ओलीले बताए । सुशीला कार्की प्रधानमन्त्री हुनै हुन्न पनि आफूले नभनेको, संविधान र संसद कायम गरिनुपर्छ भन्ने आफ्नो मत रहेको ओलीले सुनाए । 
उनका अनुसार २५ गते संसद बैठक राखेर संविधान संशोधन गर्ने र धारा ७६ मा एउटा उपधारा थप गरेर पनि कार्कीलाई प्रधानमन्त्री बनाउन सकिन्थ्यो । तर असंवैधानिक बाटोबाट सरकार बनेकाले आफूले त्यही भनेको ओलीले बताए । 
ओली मात्र होइन, एमाले, कांग्रेस लगायतका दलहरुले समेत कार्कीको नियुक्तिलाई असंवैधानिक भनेका छन् । तर उनीहरुले सरकारले फागुन २१ का लागि घोषणा गरेको चुनावलाई स्वीकार गरेका छन् । ओलीले भने प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउने गरेका छन् । आइतबार त सरकारको कामकारवाहीकै कारण आफू प्रधानमन्त्रीमा फर्किने अवस्था आउनसक्ने बताए । 
जेनजी विद्रोहपछि एमालेकै नेताहरुले उनलाई पार्टीको अध्यक्ष पद छाड्न सुझाएका थिए । तर आफैंले मनोनित गरेको कमिटीको बहुमतको बलमा उनले त्यो आवाजलाई दबाए, अनि मंसिरमा महाधिवेशन गर्ने निर्णय गराए ।
सोमबार त एमाले अध्यक्ष ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्यालादिमिर पुटिनको उमेर गन्न लगाए । 
अनि, चिनियाँ राष्ट्रपति सी जिनपिङ त तेस्रो कार्यकालमा रहेको सुनाउँदै ओलीले आफू एमालेको अध्यक्ष मात्र होइन, फेरि प्रधानमन्त्री बन्नसक्ने बताएका छन् । 
रातदिन नभनी देशका लागि काम गर्ने मान्छे फेरि प्रधानमन्त्री नहोस् भनेर पूजा गर्न मन भने गरे हुन्छ ....
सम्पादकहरुप्रति चर्को असन्तुष्टि जनाएका उनले सम्पादीकय लेखेर ‘केपी ओली फिर्ता ल्याऊँ’ भन्ने दिन आउने समेत दाबी गरे । 
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




