राजनीति
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको खबर फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले यसको खण्डन गरेकी छन् ।
बिहीबार उनको सचिवालयले एक विज्ञप्ति जारी गरी यस्ता खबरहरु भ्रमपूर्ण रहेको बताएको छ ।
‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
गृहमन्त्री अर्याल निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले परिस्थिति संवेदनशील रहेको भन्दै विज्ञप्तिमा अफवाह नफैलाउन र नपत्याउन पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति:
बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



