राजनीति
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको खबर फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले यसको खण्डन गरेकी छन् ।
बिहीबार उनको सचिवालयले एक विज्ञप्ति जारी गरी यस्ता खबरहरु भ्रमपूर्ण रहेको बताएको छ ।
‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
गृहमन्त्री अर्याल निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले परिस्थिति संवेदनशील रहेको भन्दै विज्ञप्तिमा अफवाह नफैलाउन र नपत्याउन पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति:
बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
बिहीबार, पुस ३, २०८२
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
बिहीबार, पुस ३, २०८२
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सोमबार, मंसिर २९, २०८२
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
बुधबार, मंसिर २४, २०८२
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश
सोमबार, मंसिर १५, २०८२
'चुनाव विथोल्न एमाले मधेशलाई रणभूमि बनाउन खोज्दैछ'
बुधबार, मंसिर ३, २०८२
ट्रेन्डिङ




-1765982600.jpg)