पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ । शनिबार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ ।
महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने उपमहासचिव ज्ञवालीले बताए । भूगोल, विभिन्न जनवर्गीय संगठन, भ्रातृ संगठन, प्रवास, केन्द्रीय कमिटी र केन्द्रीय निकायहरुबाट गरी करिब २१ सय जना प्रतिनिधि चयन हुने उनको भनाइ छ ।
महाधिवेशन प्रतिनिधि चयनका लागि आगामी मंसिर १३ गते शनिबार एकसाथ निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
एमालेले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि देशभर जनपरिचालन गर्ने निर्णय पनि गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वटा वडामा कात्तिक २२ गते जनभेला, पालिकास्तरमा कात्तिक २५ गते प्रदर्शन र कात्तिक २९ गते जिल्लाहरुमा सभमा गर्ने उपमहासचिव ज्ञवालीले बताए ।
त्यस्तै काठमाडौंमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको उनले जानकारी दिए ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)