पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ । शनिबार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ ।
महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने उपमहासचिव ज्ञवालीले बताए । भूगोल, विभिन्न जनवर्गीय संगठन, भ्रातृ संगठन, प्रवास, केन्द्रीय कमिटी र केन्द्रीय निकायहरुबाट गरी करिब २१ सय जना प्रतिनिधि चयन हुने उनको भनाइ छ ।
महाधिवेशन प्रतिनिधि चयनका लागि आगामी मंसिर १३ गते शनिबार एकसाथ निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
एमालेले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि देशभर जनपरिचालन गर्ने निर्णय पनि गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वटा वडामा कात्तिक २२ गते जनभेला, पालिकास्तरमा कात्तिक २५ गते प्रदर्शन र कात्तिक २९ गते जिल्लाहरुमा सभमा गर्ने उपमहासचिव ज्ञवालीले बताए ।
त्यस्तै काठमाडौंमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको उनले जानकारी दिए ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



