राजनीति
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलको एकतापछिको बैठक कात्तिक २० गते हुने भएको छ ।
आइतबार बसेको माओवादी सचिवालय बैठकले एकीकृत समाजवादीसँग पार्टी एकता गरेर कात्तिक २० गते संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।
बैठकपछि माओवादी नेता अग्निप्रसाद सापकोटाले भने, ‘एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्ने कुरा भएको छ । ...फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो ।’
माओवादी केन्द्रले शनिबारको सचिवालय बैठकबाट एकीकृत समाजवादीलगायत अरु केही दलसँग एकता गर्ने निर्णय गरिसकेको छ । तर माओवादी नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकतामा असहमति राख्दै बैठक बहिस्कार गरेका छन् ।
प्रकाशित मिति:
आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



