८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
नेकपा माओवादी केन्द्रसहित ८ दलको एकता घोषणा कात्तिक १९ गते हुने भएको छ । तर एकतापछिको पार्टीको नाम के रहने भन्ने टुंगो लागेको छैन ।
एकतामा आउने सबै ८ दलका नेताहरुको आइतबार भएको सहमति अनुसार पार्टीको चुनाव चिह्न भने पाँच हुने तारा रहनेछ ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने कि भन्ने छलफल भएको छ, यद्यपि टुंगिएको छैन ।
चुनाव चिह्न भने नागरिकलाई चिनाउन सजिलो र धेरैले स्वीकारेकाले पाँच कुने तारा रोजेको उनको भनाइ छ ।
एकीकृत पार्टीको एकता महाधिवेशन ६ महिनाभित्र हुने सहमति भएको छ ।
एकता प्रक्रियामा रहेका सबै पार्टीका केन्द्रीय समिति समायोजन गरेर सहमतिका आधारमा केन्द्रीय समिति बनाउने ८ दलको सहमति छ ।
एकता हुने दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी रहेका छन् ।
हेर्नुहोस् सहमतिपत्र

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

