घनश्याम भुसालको दाबी : जिल्लामा हामी बहुमतमा छौं
१९ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीको घनश्याम भुसाल पक्षले मंसिरमा राष्ट्रिय भेला गर्ने भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्षले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि एकीकृत समाजवादी तीन टुक्रा भएको छ । माधव नेपाल पक्षले माओवादी सहितका ९ दलसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्दैछन् ।
त्यसअघि रामकुमारी झाँक्री सहितका नेताहरु एमाले फर्किने घोषणा गरेको छ । महासचिव घनश्याम भुसाल पक्षले भने पार्टी पुनर्गठनको तयारीमा छ ।
बुधबार पत्रकार सम्मेलन गरेर भुसालले आरालो लागेकाहरुको एकताले उकालो लाग्न नसकिने बताए । एमाले पनि विकल्प नभएको भन्दै उनले भने, ‘जो साथीहरु यो एजेण्डामा सहमत हुनुहुन्छ, आ आफ्नै ठाउँमा रहनु होला ।’
उनले अगाडि भने, आउने मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्ने छौंं, कसरी जाने भन्ने बाटो तय गर्ने छौं । त्यतिखेरसम्म नआत्तिनु होला ।’
बहुमत केन्द्रीय सदस्यहरुले आत्मसमर्पण गरेपनि आफूहरु बाँकी रहेको उनले बताए । पदाधिकारीहरुमा थोरै भएपनि पोलिटब्यूरो, केन्द्रीय कमिटीमा पुग्दा बढ्ने भन्दै उनले भने, ‘जिल्लामा तथ हामी बहुमतमा छौं ।’
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
