कुलमानकै नेतृत्वमा दल दर्ता हुने, सरकार नछाड्ने
अन्ततः कुलमान घिसिङले आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गर्ने भएका छन् । अहिले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री रहेका घिसिङले आइतबार आफ्नै नेतृत्वमा दल दर्ता गर्न लागेका हुन् ।
घिसिङले रास्वपासहितका वैकल्पिक दल र शक्तिहरुसँग ध्रुवीकरणका लागि छलफल गरेका थिए । तर, कुरा मिलेन ।
रास्वपाले रवि लामिछानेको नेतृत्व स्वीकार्नुपर्ने शर्त राखेको राखेको थियो । तर, घिसिङले पनि नेतृत्व दाबी गरेका थिए ।
रास्वपासँग संवादले निकास नपाएपछि कुलमानले रास्वपाबाहेकका वैकल्पिक शक्ति र अभियन्ताहरुसँग सम्वाद गरेका थिए ।
विवेकशील साझा पार्टी, रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ, जेनजी अभियन्ता सुदन गुरुङ, २०७९ मा डडेलधुरामा चुनाव लडेका सागर ढकाल लगायतसँग कुलमानको सम्वाद चलिरहेको थियो । उनले काठमाडौं महानगरका मेयर बालेन शाहको पनि समर्थनमा पार्टी गठन गर्ने गरी छलफल गरेका थिए ।
सबै कुरा सकारात्मक भएपनि पार्टीको नेतृत्वबारे अलमल भएको थियो । कुलमान घिसिङ चुनावी सरकारमा मन्त्री भएकाले उनी पार्टी नेतृत्वमा बस्न हुने/नहुनेबारे मतान्तर थिए । घिसिङले राजीनामा दिएर मात्रै आफ्नो नेतृत्वमा पार्टी दर्ता गर्नुपर्ने मत पनि आएको थियो ।
तर, घिसिङले यसबारे निर्वाचन आयोग र प्रधानमन्त्री सुशीला कार्कीसँग विमर्श गरेका थिए । विगतमा कतिपय चुनावी सरकारको नेतृत्व नै दलहरुले गरेकाले घिसिङले सरकारमा बसेर दल दर्ता गर्दा कानुनी समस्या नपर्ने निष्कर्ष निकालेका छन् ।
‘विगतमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको चुनावी सरकार बनेर चुनाव भएको थियो, २०६४ को चुनाव पनि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा थियो, त्यसैले यो चुनावी सरकारका मन्त्री दलको नेता हुन नहुने भन्ने छैन’, कुलमान निकट स्रोत भन्छ, ‘त्यही कारण अब अरु अघि नसारी कुलमान नै नेतृत्व लिन अघि सर्नुहुन्छ ।’
आइतबार उज्यालो नेपाल पार्टीका नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तयारी छ । पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गरिएको छ ।
पार्टी दर्ता भएपछि पनि कुलमानले मन्त्री पदबाट राजीनामा दिने छैनन् । प्रधानमन्त्री सुशीला कार्की पनि कुलमानलाई मन्त्रीमा कायमै राखेर दल दर्ता गर्न दिन तयार भएपछि नै घिसिङले आफ्नो नेतृत्वमै दल दर्ता गर्ने भएका हुन् ।
‘दल खोल्ने तर नेतृत्व दिएर आफू लुकेर गतिविधि गर्नु नैतिक हुँदैन भनेर कुलमानकै नेतृत्वमा दल दर्ता हुन लागेको हो, उहाँले सरकारभित्र बसेर निष्पक्ष भूमिका निभाउनुहुन्छ, प्रश्न उठ्ने गरी काम नगरेपछि समस्या हुँदैन’, कुलमान निकट स्रोत भन्छ ।
तत्काल महाधिवेशनको मिति तोक्न अध्यक्ष लिङ्देनलाई महामन्त्री राणाको पत्र
घनश्याम भुसालको दाबी : जिल्लामा हामी बहुमतमा छौं
नि:शर्त एमाले फर्किने रामकुमारी झाँक्री समूहको घोषणा
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी






-1762264790.jpg)