रास्वपा छाडेकै दिन सन्तोष परियारले गरे बाबुराम र जनार्दनसँग सहमति
सुमना श्रेष्ठपछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका छन् ।
उनले कात्तिक २८ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
उनी रास्वपाबाट अहिले बिघटित प्रतिनिधिसभामा सांसद र प्रमुख सचेतक थिए भने पार्टीमा सचिवालय सदस्य थिए ।
उनले बदलिँदो परिस्थितिमा आफू फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने भन्दै रास्वपाको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका हुन् ।
जेनजी बिद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलेको भन्दै उनले यसलाई हरेक राजनीतिक पार्टी र व्यक्तिले नेपालको राजनीतिलाई फराकिलो हिसाबले सोच्नुपर्ने बताएका छन् ।
जेनजी विद्रोहलगत्तै नेतृ सुमना श्रेष्ठले रास्वपाले पार्टी भन्दा माथि व्यक्तिलाई राखेको भन्दै असन्तुष्टि जनाएर पार्टी छाडेकी थिइन् ।
सन्तोष परियारले पार्टी छाडेकै दिन बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी नयाँ शक्ति र माओवादी छाडेका जनार्दन शर्मा समूहसँग सहमति गरेका छन् । उनीहरुले एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने सहमति गरेका छन् ।
मंसिर ७ गते बृहत एकता घोषणा कार्यक्रम गर्ने पनि सहमति भएको छ ।
हेर्नुहोस् भिडियो
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



