मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन अवसर दिएको छ । यदि उनले विश्वासको मत पाउन नसके अर्को सरकार गठन गर्न आदेश दिएको छ ।
कात्तिक २३ गते तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । अनि उनलाई बिहान उज्यालो नहुँदै महोत्तरीको एक होटलमा शपथ गराएकी थिइन् ।
यादव भन्दा अगाडिका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने देखेपछि कात्तिक २२ गते प्रदेशसभाबाटै राजीनामा घोषणा गरेका थिए । त्यसपछि प्रदेश प्रमुखले पुनः संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठन आह्वान गर्नुपर्ने प्रदेशसभाका विभिन्न ७ दलको माग थियो ।
प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनीहरुले सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्च अदालतले एमाले सांसद सरोजकुमार यादवको नियुक्ति असंवैधानिक हो भनेको छैन । त्यसैले २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत पाएमा उनी नै मुख्यमन्त्री रहने फैसला सुनाएको छ ।
यदि उनले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मिलिजुलीको सरकार गठनको आह्वान गर्न पनि सक्छन् । वा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको पाउन सक्ने अर्को सांसदलाई मुख्यमन्त्री नियुक्ति गर्न पनि सक्छन् ।
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
