बालेन रास्वपा जान तयार, रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जान तयार भएको छ । अनि बालेन शाह पनि राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिह्न लिएर चुनावमा जान तयार भएका छन् ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आइतबार बिहान ७ बुँदे सहमति भएको छ ।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन् ।
रास्वपा र बालेन शाह पक्षबीच एकता भएपछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै हुनेछ ।
अनि दलको झण्डा साविकको नीलो पृष्ठभूमिको मध्यभागमा सेतो रङको गोलाकारबीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
यो सहमतिपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको दस्तावेज निर्वाचन आयोगमा अध्यावधिक गर्नेछ ।
हेर्नुहोस् सहमतिपत्र

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





