नेभिगेशन
राजनीति
रवि र बालेनबीच सहमति

बालेन रास्वपा जान तयार, रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जान तयार भएको छ । अनि बालेन शाह पनि राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिह्न लिएर चुनावमा जान तयार भएका छन् । 

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आइतबार बिहान ७ बुँदे सहमति भएको छ । 

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन् । 

रास्वपा र बालेन शाह पक्षबीच एकता भएपछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै हुनेछ ।

अनि दलको झण्डा साविकको नीलो पृष्ठभूमिको मध्यभागमा सेतो रङको गोलाकारबीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । 

यो सहमतिपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको दस्तावेज निर्वाचन आयोगमा अध्यावधिक गर्नेछ । 

हेर्नुहोस् सहमतिपत्र

Rabi-balen-Sahamati-1766899704.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति