कुलमान घिसिङ अब रास्वपा उपसभापति
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति भएको छ ।
सोमबार रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच ७ बुँदे सहमति भएको छ । उक्त सहमति अनुसार कुलमान घिसिङ रास्वपाको पहिलो वरियताको उपसभापति रहनेछन् । उनीपछि डीपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति रहनेछन् ।
यो सहमतिपछि उज्यालो नेपाल पार्टी रास्वपाको नाम, चुनाव चिह्न र झण्डा सबै स्वीकारेको छ ।
उज्यालो नेपाल अभियानलाई रास्वपाले अपनत्व लिएर आफ्ना कार्यक्रमहरुमा जोड्ने र उज्यालो नेपाल पार्टीमा आवद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने पनि सहमति भएको छ ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमतिमा बालेन शाह साक्षी बसेका छन् ।

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





