राजा ल्याउनुपर्यो भन्दै २४ भदौमा कसले गरे कमल थापालाई फोन ?
भदौ २४ गते राति देश जलिरहेको थियो । संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, जलिरहेको थियो । सम्पूर्ण सुरक्षा निकाय लाचार थियो, कसको घर कतिबेला जल्ने हो थाहा थिएन ।
पूर्वमन्त्री कमल थापाको फोनको घन्टी बज्यो । थापाका अनुसार फोन गर्ने व्यक्ति प्रमुख दलकै नेता रहेछन् ।
फोन गर्ने नेताले भने, ‘कमलजी देश त सकिन लाग्यो । जसरी भएपनि जोगाउनुपर्यो । तपाईँले केही प्रयास गर्न सक्नुहुन्छ भने गर्नुस् । राजालाई त ल्याउनै पर्यो, देश जोगाउनै पर्यो । राजनीतिक वातावरण हामी तयार गर्छौं । तपाईँले सक्नुहुन्छ जस्तो लाग्छ, यो भूमिका तपाईं खेल्नुस् ।’
राप्रपा र राप्रपा नेपालको एकता घोषणासभामा पूर्वमन्त्री थापाले सुनाए अनुसार त्यसबेला उनलाई आफ्नो प्रयासले केही हुनसक्छ भन्ने लागेन । त्यसैले खासै प्रयास गरेनन् ।
थापाले यसरी फोन गर्ने दुई प्रमुख नेता भएको बताए पनि नाम लिएनन् । आवश्यक परे भोलिका दिनमा नाम खुलाउने उनले बताएका छन् ।
तर उनको यो अभिव्यक्तिले राजा फर्काउनु पर्यो भनेर फोन गर्ने नेता को थिए ? भन्ने प्रश्न जन्मिएको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





