कांग्रेस महाधिवेशन वैशाखमा गर्ने निर्णय, महामन्त्रीहरु विशेष महाधिवेशनकै अडानमा
नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म हुने भनेको महाधिवेशन २०८३ वैशाख अन्तिममा सारेको छ ।
आइतबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको छ । जस अनुसार २०८३ वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन हुने भनिएको छ ।
तर महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा र अन्य केही नेताहरुले फरक मत राखेका छन् ।
महामन्त्री थापाले पुस अन्तिममा विशेष महाधिवेशन हुने बताएका छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै गत असोजमा नै निवेदन दिएका थिए ।
कांग्रेसको विधानको धारा १७ अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ ।
महामन्त्री थापाले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता विधानले नै सिर्जना गरेकाले अब विशेष महाधिवेशन नै हुने बताए ।
अब विधान महाधिवेशन केन्द्रीय कार्यसमितिले बोलाउनुपर्ने भन्दै उनले केन्द्रीय कार्यसमितिले नबोलाएमा पार्टी केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्रीहरुले बोलाउने बताए ।
केन्द्रीय कार्यसमितिले १–२ दिनभित्र बैठक राखेर विशेष महाधिवेशन नबोलाएमा आफूहरुले बोलाउने बताए ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

