रविको बोल्ड सन्देश : डिस्टर्ब गर्ने होइन, सिट डाउन'
सोमबार २१ पुसमा दामोदर पण्डितको नेतृत्वमा सुरेन्द्र चौधरी, लक्ष्मण थारु लगायतका नागरिक उन्मुक्ति पार्टीका नेताहरु रास्वपामा समाहित गर्ने कार्यक्रम थियो ।
राष्ट्रिय सभा गृहमा भएको कार्यक्रमको अन्तिम वक्ता थिए, लामिछाने । सम्बोधनका क्रममा रविले कार्यक्रममा कांग्रेस, एमाले लगायतका दल मात्र होइन, आफ्नै पार्टीका नेताहरुलाई समेत चेतावनीयुक्त राजनीतिक सन्देश दिएका छन् ।
सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि ३ पुसमा झण्डै ४ करोड धरौटी बुझाएर छुटेका थिए ।
नख्खु कारागारबाट छुटेपछि उनले कम बोले, धेरै गरे । काठमाडौंका मेयर बालेन शाह, उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपामा समाहित गराउनु उनको राजनीतिक जित थियो ।
त्यो यस्तो बेलामा भयो, जतिबेला केपी शर्मा ओली र शेरबहादुर देउवाहरु संसद पुनर्स्थापनाको खेलमा लागेका थिए ।
सोमबार रविले भिजिट भिसामा छानबिन होस् भन्ने माइक काट्ने, जेलमा रहेका बालबालिकलाई आश्रय दिने इन्दिरा राना मगरलाई उपसभामुखबाट हटाउन खोज्ने संसद पुनर्स्थापना गर्न खोजेको हो ? भनेर प्रश्नमात्रै गरेनन् । अब ब्यालेट बक्समै भेट्न चुनौती दिए ।
करिव आधा घन्टा सम्बोधन गरेका रविले आफ्नै दलका नेताहरुलाई पनि चेतावनी दिएका छन् ।
उज्यालो नेपालबाट एकता प्रक्रियामा आएका नेताहरुले सम्मानजनक हिस्सेदारी नपाएकोमा असन्तुष्टि जनाइरहेका छन् । कतिसम्म भने समानुपातिकको सुची छुट्टै बुझाउन मिल्छ कि भनेर बुझ्न निर्वाचन आयोग समेत पुगेका थिए ।
बालेन निकट नेताहरुले भने आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनाएका छन् ।
रविले बालेन वा कुलमान कसैको पनि नाम त लिएनन्, तर गुट उपगुटका गतिविधि नगर्न र धेरै भागवण्डा नखोज्न सचेत गराएका छन् । रास्वपाका पुराना नेता कार्यकर्तालाई पनि योगदानको मूल्य नखोज्न आग्रह गरेका छन् ।
सबै जना एकैपटक केन्द्रमा जान नसक्ने भन्दै उनले विधि प्रक्रियाबाट उम्मेदवार छान्ने बताए । साथै नयाँ जोडिएकाहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता जनाए ।
अनि अरु दल र आफ्ना दलका नेताहरुलाई एक साथ सन्देश दिए, देशले सुनौलो भविष्य कोर्न लागेको बेलामा डिस्टर्ब गर्ने होइन, जस्ट सिड डाउन ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






