'यहाँ लुगा र पानी बाँड्नेहरु पनि नेता भए'
काठमाडौंमा सडक विस्तारबाट पीडित भएकाहरुको आवाज उठाउँदा उठाउँदै नेता भएका मानिस हुन् सुमन सायमी ।
कालिमाटीका बासिन्दा उनी आफैं सडक विस्तारबाट पीडित थिए । आफू जस्ता पीडितहरुको आवाज उठाउँदा उठाउँदै उनी नेताका रुपमा स्थापित भए ।
२०७९ सालको स्थानीय तह चुनावमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर जित्दा उनले पनि १३ हजार ७७० भोट पाएका थिए ।
मेयर नजितेपछि उनले २०७९ मंसिरमा भएको आम चुनावमा काठमाडौं–८ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए । तर आम चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग करिब ४ हजार मतान्तरले पराजित भएका थिए ।
त्यसपछि सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आवद्ध भए । त्यो पार्टीमा उनी वरिष्ठ उपाध्यक्ष थिए ।
तर फागुन २१ को चुनावका लागि उम्मेदवारी दर्ता गर्न एक हप्ता बाँकी रहेका बेला उनी नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध हुँदैछन् । पुस ३० गते उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउँदैछन् ।
नेता सायमीले आफूले समुदायसँग सरसल्लाह गरेर नै नेपाली कम्युनिस्ट पार्टी रोजेको प्रतिक्रिया दिएका छन् । नयाँ राजनीतिक दलले पपुलिजम र स्टन्टको राजनीति गरेको भन्दै उनले स्थापित पार्टीहरु नै बलियो हुनुपर्ने धारणा राखे ।
सायमीले हामीसँग भने, ‘उनीहरु संघर्ष गरेर आएका होइनन्, उनीहरुलाई देशको माया पनि छैन, पुरानाले गल्ती गरे भन्न त पाइयो ।, तर हामीले के गर्ने भन्ने योजना चाहियो नि ।’
वैकल्पिक शक्ति विचारविहीन र दिशाविहीन छन् रहेको भन्दै उनले उनीहरुले देशलाई रंगमञ्च बनाउन लागेको जिकिर गरे ।
लुगा बाँडेर पनि नेता, पानी बाँडेर पनि नेता, यस्तो पनि राजनीति हुन्छ ? विचार विनाको राजनीति हुन्छ ? त्यही भएर मैले यो स्टेप लिएको हो, सायमीले भनेका छन् ।
निर्वाचन आयोगले पर्सिसम्म टुंग्याउने विश्वास छ : गगन थापा
देउवासँग वार्तामा विश्वप्रकाशको प्रस्ताव : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरौं
पुराना नेताको अनुहारै हेर्न मन छैन
कुलमानले रास्वपाबाट धोका पाए कि दिए ?



-1767872172.jpg)
