देउवासँग वार्तामा विश्वप्रकाशको प्रस्ताव : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरौं
नेपाली कांग्रेसको सम्भावित फुट रोक्न भएको वार्ता अझै सहमतिमा नपुगेको नेताहरुले बताएका छन् । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको सहमतिमा भृकुटीमण्डपमा विशेष महाधिवशेन चलिरहेको छ । बन्द सत्रमा प्रतिवेदन पास गरेर निर्वाचन प्रक्रिया सुरु भएको छ ।
संस्थापन पक्षका नेताहरु केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा जम्मा भएका छन् ।
सभापति शेरबहादुर देउवाले भने महामन्त्री गगन र विश्वप्रकाशसँग वार्ता गरेका छन् ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा, प्रतिनिधिसभा सदस्यको टिकटमा हस्ताक्षर नगर्न तयार भएका छन् । सबैको सहमतिमा देउवाको हस्ताक्षर राख्ने सहमति भएको थियो । त्यसअनुसार समानुपातिक उम्मेदवारको सूची समेत बुझाइसकिएको छ ।
तर पार्टीमा सहमति हुन्छ भने प्रत्यक्षको टिकटमा हस्ताक्षर नगर्न आफू तयार रहेको देउवाले बताएका छन् । विशेष महाधिवेशनको स्वामित्व लिने लगायतका विषयमा पनि वार्ता टोलीस्तरमै सहमति भएको छ ।
वार्तामा सहभागी अर्का एक नेताका अनुसार छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने प्रस्ताव राखेका छन् । ‘हामीले यो विषय त नयाँ भयो, हिजो त आएको थिएन भन्यौं’ ती नेताले भने, ‘उहाँहरुले सल्लाह गरेर जवाफ दिन्छौं भन्नु भएको छ, तर अहिलेसम्म आएको छैन ।’
महामन्त्रीहरुले दिने जवाफले सहमति वा फुट कुन बाटो जाने थप प्रष्ट हुने नेताहरु बताउँछन् ।
निर्वाचन आयोगले पर्सिसम्म टुंग्याउने विश्वास छ : गगन थापा
'यहाँ लुगा र पानी बाँड्नेहरु पनि नेता भए'
पुराना नेताको अनुहारै हेर्न मन छैन
कुलमानले रास्वपाबाट धोका पाए कि दिए ?



-1767872172.jpg)
