निर्वाचन आयोगले पर्सिसम्म टुंग्याउने विश्वास छ : गगन थापा
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाले विशेष अधिवेशनको निर्णय अनुसार पार्टीको विवरण माघ ३ गतेभित्र अद्यावधिक हुने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार निर्वाचन आयोगमा विशेष अधिवेशनको निर्णय जानकारी गराउन थापासहितको टोली पुगेको थियो । निर्वाचन आयोगले उनीहरुले बुझाएको विवरणहरु बुझेको छ ।
विशेष महाधिवेशन पक्षधरले पार्टीको विशेष महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गरेको जानकारी गराउँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन आग्रह गरेको छ । सभापति थापाका अनुसार त्यसको पुष्ट्याइँ गर्ने कागजातहरु पनि पेश गरेको छ ।
फागुन २१ को चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ । त्यसका लागि तयारी गर्नुपर्ने भन्दै थापाले भने, ‘ढिलोमा पनि पर्सिभित्रमा टुंगिन्छ भन्ने विश्वास छ ।’
निर्वाचन आयोगले विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कांग्रेसको विवरण अद्यावधिक गर्छ भन्नेमा आफू सम्पूर्ण रुपमा विश्वस्त रहेको थापाले बताए ।
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
