बाबुराम भट्टराईले गोरखा–२ बाट चुनाव लड्ने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन २१ को चुनावमा गोरखा–२ बाट उम्मेदवारी दिने भएका छन् । आइतबार गोरखा पुगेका भट्टराईले कार्यकर्ताको चाहनाका कारण आफू पुनः उम्मेदवारी दिने निश्कर्षमा पुगेको बताएका छन् ।
राजनीतिमा पुस्तान्तरण हुनुपर्छ र नयाँ पुस्ताको हातमा नेतृत्व जानुपर्छ भन्दै आएका भट्टराईले आफू नेतृत्वको तत्कालिन नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्ष पद पनि छाडेका थिए । हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षक छन् । उनले फेसबुकमा लेखेका छन्, 'गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।'
प्रलोपाका केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज यानप्रसाद भट्टका अनुसार गोरखामा आइतबार पार्टीको बैठक थियो । बैठकमा जिल्लाका नेता कार्यकर्ताले भट्टराईलाई एक पटक चुनावमा प्रतिस्पर्धा गर्नआग्रह गरेका थिए ।
‘साथीहरुले सदनमा तपाईंजत्तिको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएको मान्छे आउनुपर्छ भनेर प्रेसर गर्नुभयो, उहाँले पनि ठीकै छ, अहिले नै जनताको काम गर्नबाट स्वतन्त्र हुने कुरा भएन भन्नुभयो’, भट्टले भने ।
गोरखा–२ बाट भट्टराईले २०६४ र २०७४ सालको चुनाव जितेका छन् । २०७० को चुनावमा उनी गोरखा–१ बाट निर्वाचित भएका थिए भने २०७९ को चुनावमा गोरखा–२ मा आफैं प्रस्तावक बसेर तत्कालिन माओवादी अध्यक्ष प्रचण्डलाई सघाएका थिए ।
२०७२ सालमा माओवादी छाडेपछि भट्टराईले २०७४ सालको चुनावमा कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीबाटै चुनाव जितेका थिए ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले गुण्डा नाइके चक्रे मिलनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाएका छैनन् ।
यद्यपि रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी २०७९ सालको चुनावमा यही क्षेत्रबाट प्रतिस्पर्धा गरेको र उनको घर यही क्षेत्रमा भएकाले यसपटक पनि उनी उम्मेदवार बन्ने सम्भावना छ ।
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
