विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बर्खास्त, हितेन्द्र नियुक्त

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले कुलमानलाई फागुन २१ गते ३ बुँदे स्पष्टीकरण सोधेको थियो । समयमा कार्यसम्पादन मूल्यांकन प्रतिवेदन पेश नगरेको, भारतसँग आफुखुशी विद्युत खरिद सम्झौता गरेको आदि विषयमा कुलमानसँग स्पष्टीकरण मागिएको थियो । कुलमानले स्पष्टीकरण बुझाएका पनि थिए ।
तर चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
एक मन्त्रीका अनुसार सोबारको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशकबारे कुनै एजेण्डा थिएन । तर उर्जामन्त्री दीपक खड्काले बैठकको सुरुमै कार्यकारी निर्देशक घिसिङलाई हटाउनुपर्ने बताए । तर मुख्य सचिव एकनारायण अर्यालले प्रस्ताव नै नभएको बताए ।
त्यसपछि प्रस्तावमा भएका एजेण्डाहरुमा छलफल र निर्णय भयो । उर्जामन्त्री खड्काले फेरि कुलमानको विषय उठाए । मन्त्रीहरुको मत बाझियो ।
प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी निर्देशक घिसिङलाई हटाउने पक्षमा देखिए । एक मन्त्री भन्छन्, ‘हटाउने विषय मत बाझिएको थियो । तर प्रधानमन्त्री अलि एग्रेसिभ देखिनुभयो ।’ त्यसपछि मुख्यसचिव अर्यालले आजकै मितिमा हुने गरी प्रस्ताव ल्याउन भनेका थिए ।
त्यसपछि मन्त्रीहरुले बुझे, प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइयो । हितेन्द्रदेव शाक्यलाई नियुक्त गरियो ।’
तर बैठकबाट बाहिरने क्रममा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने यसबारे निर्णय भएको आफूलाई थाहा भएको प्रतिक्रिया दिएका छन् ।
मन्त्रिपरिषदको बैठक सकिएपछि प्रधानमन्त्री कार्यालय बाहिर मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने कुलमान बर्खास्तीको निर्णय सुनाएका थिएनन् । पत्रकारको प्रश्नमा उनले मन्त्रिपरिषदमा त्यसबारे थाहा नभएको बताए ।

राजावादी नेताहरु एउटै मञ्चमा

वीरगञ्जमा पनि अघि बढ्यो रविविरुद्धको मुद्दा

एमसीसी रोकिन सक्छ, सहनुको विकल्प छैन : ओली
-1745641423.jpg)
शिक्षकहरुले खोजे क्याबिनेटको निर्णय र विधेयक पास गर्ने टाइमलाइन

वार्ता गर्न गएको शिक्षक महासंघको टोली सिंहदरबार गेटबाटै फर्कियो
