बालेनसँग चुनाव लडेका ती स्थापित, यी ओली
२०७९ सालको स्थानीय तह चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७६७ मतका साथ निर्वाचित भएका थिए ।
अनि, एमाले उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत मात्र पाए । २३.८ प्रतिशत मत पाएका उनी तेस्रो भए ।
जबकी मतगणनाभन्दा अगाडिको दृश्य फरक थियो । अघिल्लो ५ वर्षको कार्यकाल एमालेका विद्यासुन्दर शाक्य काठमाडौंको मेयर थिए । अनि, २०७९ मा एमालेले पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार बनाएको थियो ।
केशव स्थापित काठमाडौंको मेयरका रुपमा गरेकै कामबाट चर्चा कमाएका नेता थिए । कम्युनिस्ट युवाहरुका आइडल नै थिए भन्दा पनि फरक पर्दैन । युवा परिचालन उनको कौशल थियो भने भाषण शैली त्यति नै रोमाञ्चक ।
अनि केपी ओलीसँग उनको सम्बन्ध पनि धेरै पुरानो । २०४७ सालमा एमालेले आफ्नो युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गठन गर्दा ओली अध्यक्ष र केशव स्थापित महासचिव बनेका थिए ।
२०७९ को स्थानीय चुनावमा भेट्रान एमाले नेताले युवा उम्मेदवारलाई नजरअन्दाज गरे, अनि नराम्रोसँग हार्न पुगे । झापा ५ मा पनि त्यही इतिहास दोहोरिँदैछ ? ओली त्यही गल्ती गर्दैछन् ?
बालेनसँग चुनावी प्रतिस्पर्धाको ठीक अगाडि केशव स्थापित र केपी ओलीको बोली र व्यवहारको तुलना गरिएको यो भिडियो सामग्री हेर्नुहोस् :
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

