राजनीति
ओलीको हारमा आफ्नो जित देख्नेहरु एमालेमा बढ्दो छ
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, मतदाताको चुनावी मुड बुझ्न माहिर छन् । उनी आफैं विराटनगरका । त्यसमाथि तीन साता झापा, मोेरङ र सुनसरीको क्षत्रमा पुगेर काठमाडौं आएका छन् । त्यसले हामीले झापा ५ को चुनावी माहौल के छ भनेर हामीले राजनीतिक विश्लेषक अचार्यलाई सोध्यौं :
उनका विश्लेषण छः
- यो पटकको चुनावमा प्रत्यक्षतर्फ १० देखि २०% भोट स्विङ हुनसक्छ । समानुपातिकतर्फ चाहिँ २५ देखि ३०% नै भोट स्विङ हुनसक्छ । यसको लाभ रास्वपाले लिने देखिन्छ । प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी हुन्छ । समानुपातिकतर्फ रास्वपा पहिलो पार्टी हुन्छ । समग्रमा ठूलो दल कुन भन्नेमा कांग्रेस र रास्पपाको प्रतिस्पर्धा छ ।
- झापा ५ को कुरा गर्नुपर्दा जुन दिनसम्म म त्यहाँ थिएँ, त्यो दिनसम्म बालेनको क्रेस थियो । बालेन राम्रै एक नम्बरमा थिए, धेरै अन्तरले एक नम्बरमा थिए । त्यसका केही कारणा छ । एउटा घन्टीकै क्रेज छ । अर्को बालेनको प्रवेशले अर्को क्रेज छ । बालेनले काठमाडौँमा धेरै ठुलो सुधार गरेका छन् भन्ने बिम्ब बनेको छ ।
- एमालेको कार्यकर्ता थकित, संगठन लेथार्जेटिक पाए । उनीहरुले बालेनलाईे जिताउन प्रयत्न त गर्दैनन्, तर बालेन हारोस भनेर त्यो जुन अतिरिक्त उर्जा निकाल्नु पर्ने हो, त्यसमा पनि रुचि छैन । त्यही रिड गरेर होला, चार पटक प्रधानमन्त्री भइसकेका केपी ओली घरघरमा जान थाल्नु भएको छ । नभए पहिला उहाँले यस्तो गरेको थाहा छैन ।
- मैले नोट गरेको अर्को कुरा के हो भने केपी ओली हार्दा संविधान, यो व्यवस्था जोगिन्छ कि केपी ओलीलाई जिताउँदा भनेर अन्य पार्टीहरुको बीचमा खलबली मचिन थालेको छ ।
- चुनाव भनेको प्राविधिक कुरा पनि हो । गिरिजा प्रसाद कोइरालाले भन्नुहुन्थ्यो, लोकल इलेक्सन नगर्दासम्म ग्रासरुटमा डेमोक्रेसी जाँदैन । राष्ट्र स्वतन्त्र पार्टीले अहिलेसम्म लोकल इलेक्सन लडेको छैन । त्यही कारण संगठन बन्न सकेको छैन । जबकी चुनावका दिन मतदातालाई बुथसम्म ल्याएर मतदान गराउन संगठन चाहिन्छ । एमालेसँग त्यो स्ट्रक्चर छ । पार्टीहरु हात्ती हुन् । बिस्तारै उठ्छन्, उठिसकेपछि घोडा भएर दौडिन्छन् । अनि चुनावको दिन सम्म पुग्दा रकेट भइहाल्छन् । त्यसले मुख्य चुनाव अब हुन्छ ।
प्रकाशित मिति:
सोमबार, फागुन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





