राजनीति
नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न बन्यो आयोग
२ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको हो ।
आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् ।
बैठकले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा संयन्त्रहरुको सिफारिसबारे अध्ययन गर्न पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा आयोग बनाएको छ ।
प्रकाशित मिति:
बुधबार, वैशाख २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





