राजावादीले घरमा आगो लगाए, जलेर पत्रकारको मृत्यु
                                                                    
                                
                            राजतन्त्र पक्षधरले काठमाडौंको तीनकुनेमा आगो लगाएको घरमा जलेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो राजतन्त्र पक्षधरले काठमाडौंको तीनकुनेमा एक घरमा आगजनी गरेका थिए । त्यस आगजनीका जलेको अवस्थामा प्रहरीले एउटा शव फेला पारेको थियो ।
एभीन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन थिए । प्रहरीले शव भेटेको खबर गरेपछि एभीन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार र समाचार प्रमुख केदार कोइराला घटनास्थल पुगेका थिए ।
उनीहरुले मृतक आफ्नै टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजक भएको पुष्टि गरेका एभीन्यूजमै कार्यरत पत्रकार शिव दाहालले जानकारी दिए ।
राजतन्त्र पक्षधरको आन्दोलन उग्र भएपछि प्रहरीले आश्रय लिएको भन्दै एक घरमा आगजनी गरेका थिए ।
तीनकुनेमा भएको झडपमा आज नै कीर्तिपुर नगरपालिका–४ का २९ वर्षका सविन महर्जनको मृत्यु भएको छ ।
राजतन्त्र पक्षधरहरुले आजै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट पत्रिकाको कार्यालयमा पनि तोडफोड गरेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेका छन् । केही सरकारी गाडी पनि जलाएका छन् । जडिबुटीको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि आगजनी गरेका छन् ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)