राजावादीले घरमा आगो लगाए, जलेर पत्रकारको मृत्यु
राजतन्त्र पक्षधरले काठमाडौंको तीनकुनेमा आगो लगाएको घरमा जलेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो राजतन्त्र पक्षधरले काठमाडौंको तीनकुनेमा एक घरमा आगजनी गरेका थिए । त्यस आगजनीका जलेको अवस्थामा प्रहरीले एउटा शव फेला पारेको थियो ।
एभीन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन थिए । प्रहरीले शव भेटेको खबर गरेपछि एभीन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार र समाचार प्रमुख केदार कोइराला घटनास्थल पुगेका थिए ।
उनीहरुले मृतक आफ्नै टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजक भएको पुष्टि गरेका एभीन्यूजमै कार्यरत पत्रकार शिव दाहालले जानकारी दिए ।
राजतन्त्र पक्षधरको आन्दोलन उग्र भएपछि प्रहरीले आश्रय लिएको भन्दै एक घरमा आगजनी गरेका थिए ।
तीनकुनेमा भएको झडपमा आज नै कीर्तिपुर नगरपालिका–४ का २९ वर्षका सविन महर्जनको मृत्यु भएको छ ।
राजतन्त्र पक्षधरहरुले आजै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट पत्रिकाको कार्यालयमा पनि तोडफोड गरेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेका छन् । केही सरकारी गाडी पनि जलाएका छन् । जडिबुटीको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि आगजनी गरेका छन् ।
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
