गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन
गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघि भएको नारायणहिटी दरबार हत्याकाण्डको पुनः छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
आज गृहमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि उनले ४ वटा निर्णय गरेका छन् । जसको दोस्रो नम्बरमा भनिएको छ, ‘बि.सं. २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने ।’
२०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, उनीहरुका छोराछोरी दीपेन्द्र, निराजन र श्रुति, अन्य आफन्तहरु गरेर १० जना मारिएका थिए ।
घटनालगत्तै गठन भएको छानबिन समितिले युवराज दीपेन्द्रले गोली चलाएर सबैको हत्या गरेको प्रतिवेदन दिएको थियो । तर छानबिन प्रतिवेदनको विषयमा त्यतिबेलै प्रश्न उठेको थियो र अहिलेसम्म दरबार हत्याकाण्ड रहस्यमै रहेको छ ।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन दिन विशेष कार्यदल पनि गठन गरेका छन् ।
त्यस्तै गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चु्हावटका घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायभित्र सेन्सेटिभ इन्फरमेसन भिजिलेन्स टिम गठन गर्ने निर्णय पनि गरेका छन् ।
त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन् ।
सीआईबीमा हाल प्रक्रियामा रहेका अनुसन्धान फाइललाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने र ब्यूरोमा रहेका जघन्य आर्थिक, संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न मुद्दाको प्रकृति अनुरुप विशिष्टिकृत टिम गठन गर्ने निर्णय पनि उनले गरेका छन् ।
‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’
हर्कले संसदमा ठीक गर्दैछन कि बेठीक ?
प्रतिनिधिसभा हलको डिजाइन फेरेर किन निलो रंग पोतियो ?
एमालेमा विद्याको सदस्यता नवीकरणको अर्थ

-1780550230.png)




-1780755542.png)
