बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
‘नबोलौं भन्छु, बोल्ने दिन आइहाल्छ ।’
प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा यसै भन्दै मन्तव्य सुरु गरे ।
नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएका विषयमा होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर केरकार गरेका विषयमा उनीमाथि प्रश्न उठिरहेको छ ।
आइतबार चितवनमा भएको रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा छोटो मन्तव्य दिएका बालेनले आफ्नो सरकारमाथि उठेका केही प्रश्नको जवाफ दिने प्रयास गरे । आइतबारको सम्बोधनमा बालेनले सरकारमाथि उठेका मुख्य ३ वटा प्रश्नको जवाफ दिएका छन् ।
१. सरकार नियन्त्रणबाहिर छैन
प्रधानमन्त्री बालेन शाहले सरकार नियन्त्रण बाहिर नगएको भन्दै चिन्ता नलिन आग्रह गरे । बाहिरबाट सरकारको हाउभाउ हेर्दा अनियन्त्रित देखिए पनि सरकार ठीक बाटोमा रहेको उनले बताए ।
‘हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएकाले देखिएको मात्र हो, कुनै कुरा आउट अफ कन्ट्रोल गएको छैन । कुनै विषयमा चिन्ता लिनुपर्दैन’, उनले भने ।
सरकार एक्सप्रेस वे मा हिँडिरहेको भन्दै उनले गन्तव्यमा नपुगेसम्म ब्रेक नलाग्ने टिप्पणी गरे ।
‘हाम्रो गाडी लोकल रोडमा होइन, एक्सप्रेस वे मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । गन्तव्यमा पुग्नु भन्दा अगाडि ब्रेक लगाउन जरुरी हुदैन । हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ । हाम्रो पार्टी र सरकारप्रति चिन्ता लिनुभएको छ, धेरै धन्यवाद दिन चाहन्छु’, उनले भने ।
उनले अहिलेको जनमतलाई रास्वपाको पक्षमा चलेको हावा भनेकामा पनि असन्तुष्टि जनाए । उनले अहिले हावा चलेको नभई आफूहरुले बाढी ल्याएर खोलालाई पुरानै ट्र्याकमा फर्काएको बताए ।
उनले भने, ‘हामीले हावा चलाएको होइनौं, हामीले बाढी ल्याएर खोला फर्काएका हौं, खोला सही बाटोमा फर्केपछि निरन्तर त्यही बाटो बगिरहन्छ । हावाजस्तो लेफ्ट–राइट, पूर्वपश्चिम उत्तर दक्षिण बग्दैन ।’
२. अख्तियारसँग सरसल्लाह लिएको हो
प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा भएको केरकार पनि नियम भन्दा बाहिर नभएको जिकिर गरे । उनले त्यो घटनालाई अख्तियारसँग सरसल्लाह गरेको जिकिर गरे ।
‘विगतका दिनमा कुनै फट्याइँ भएको छ, सरकारी सम्पत्ति दोहन भएको छ सरकारी रकमको दोहन भएको छ भने भने त्यहाँ निहुँ खोज्न जरुरी छ, हामी त्यो निहुँ खोज्छौं’, उनले भने, ‘त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने ५ घण्टा मात्र होइन, ५ वर्ष नै सरसरल्लाह गरिन्छ ।’
राहदानी छपाइको अनियमितताको घटनाको अनुसन्धानका लागि दबाब दिन प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर घण्टौंसम्म ‘बन्धक’ बनाएको समाचारहरु सार्वजनिक भएका थिए ।
त्यसपछि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेपछि मात्र अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्कन पाएका थिए । बालेनले भने त्यो घटनालाई अख्तियारसँग सरसल्लाह लिएको रुपमा ब्याख्या गरेका छन् ।
उनले आफूहरुले नियम कानुन नमिच्ने र कानुन अनुसार नै काम गर्ने जिकिर गरे ।
३. प्रमाण ल्याउन भारतलाई चुनौती
प्रधानमन्त्री बालेन शाहले सीमा समस्याको विषयमा यसअघि संसदमा दिएको विवादास्पद अभिव्यक्तिको जवाफ दिने प्रयास गरे ।
उनले जेठ १७ गते संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेका थिए । त्यस्तै नेपाल भारत सीमा समस्याका विषयमा ब्रिटिश सरकारसँग पनि कुरा गर्ने बताएका थिए ।
बालेनको यो अभिव्यक्तिमा भारतले पनि प्रतिक्रिया दिएको थियो । दुई देशको मामिलामा तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने भारतको विदेश विभागका प्रवक्ता रणधीर जयसवालले बताएका थिए ।
आइतबार बालेनले प्रमाण भए ल्याउन भारतलाई समेत चुनौती दिए । ‘ठीक छ, तपाईहरुसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ, कालापानी र लिपुलेकको हाम्रो हो । ब्रिटिशले राज गर्दादेखिको त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउछौं भनेका हौं, ब्रिटिशलाई मध्यस्थकर्ता ल्याउन खोजेको होइन’,उनले भने ।
उनले आफ्नो राष्ट्रियतामाथि शंका नगर्न पनि आग्रह गरे ।
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन
‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’



-1781681783.png)
-1781759377.png)


