यस्तो छ प्रधानमन्त्री बालेनको भारत भ्रमणको तालिका
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी दिएको हो ।
परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणका लागि मंसिर ६ गते अपरान्ह १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायत रहनेछन् । सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ ।
व्यवसायीहरुको ५२ सदस्यीय टोली पनि जानेछ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७ गते भेटवार्ता हुनेछ ।
भेटपछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
किन हटाइए आईजीपी कार्कीलाई, दाउपेच कि बाध्यता ?
प्रहरी प्रमुख कार्की पदमुक्त, मनोज केसी बने नयाँ आईजीपी
बालेनहरू नभएको संसद फर्काउने खेल, सफल होला बुढा नेताहरुको आन्दोलन ?
म्यादी प्रहरीको कपडा खरिद प्रकरणः छानबिन होइन, अध्ययन समिति गठन


-1793372443.jpeg)

-1793700912.jpeg)

