शिक्षामन्त्रीमा एमाले सांसद पन्त नियुक्त
१० वैशाख, काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पन्तलाई नियुक्त गरेका हुन् ।
विद्या भट्टराईले बैशाख ८ गते राजीनामा दिएपछि शिक्षामन्त्री पद रिक्त थियो ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले लामो राजनीतिक अनुभव भएका पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका हुन् । २०५१ र २०५६ मा सांसद रहेका पन्त शेरबहादुर देउवा सरकारमा श्रममन्त्री पनि भएका थिए ।
माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रमुख राजनीतिक सल्लाहकार थिए । पहिलो संविधानसभा चुनाव हारेका उनी पछिल्लो पटक समानुपातिक सांसद बनेका थिए ।
पन्त यस्तो बेला मन्त्री भएका छन्, जतिवेला देशभरका शिक्षकहरु २२ दिनदेखि सडकमा छन् ।
विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राखेर सामुदायिक विद्यालयका शिक्षकहरु चैत २० गतेदेखि सडकमा आएका थिए । उनीहरुले एसईईको उत्तर पुस्तिका जाँच्न समेत मानेका छैनन् । नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा पनि सहभागी भएनन् । शिक्षकहरु आन्दोलनमा रहेपछि भोलि ११ गतेदेखि हुने तय भएको कक्षा १२ को बार्षिक परीक्षा समेत सरेको छ ।
निवर्तमान शिक्षामन्त्री भट्टराईले लगातार सम्वाद गरेर ७ बुँदे सहमतिको मस्यौदा समेत तयार पारेकी थिइन् । प्रधानमन्त्री ओली आफैंले समेत शिक्षक नेताहरुसँग सम्वाद गरेका थिए । तर सडक आन्दोलन रोकिएन ।
आन्दोलनरत शिक्षक र प्रधानमन्त्री दुबैतिरबाट असहयोग भएपछि भट्टराईले मन्त्री पदबाटै राजीनामा दिएकी थिइन् । उनको स्थानमा आएका पन्तसामू पनि शिक्षकहरुको आन्दोलन नै चुनौतीका रुपमा छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

