जनमत र नागरिक उन्मुक्तिको एकता वैशाख १७ गते

११ वैशाख, काठमाडौं । संसदका दुई दल, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकता हुने भएको छ । यो एकतासँगै जनमतको प्रतिनिधिसभामा १० सांसद हुनेछन् ।
दुई पार्टीका नेताहरु लामो समयदेखि एकता प्रक्रियाको छलफलमा थिए । नेतृत्व लगायतका विषय टुंगिएपछि १७ गते एकताको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ ।
नेताहरुका अनुसार एकीकृत पार्टीको नाम जनमत रहने छ भने चुनाव चिह्न ढकिया हुनेछ । हाल जनमतको चुनाव चिह्न हर्न छ । एकता वार्तामा सहभागी नेताहरुले जनमतको नाम र नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न लिने सहमति गरेका हुन् ।
पार्टीमा रेशम चौधरी संरक्षक रहनेछन् । कार्यकारी अध्यक्ष डा. सीके राउत हुनेछन् । सहअध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी हुुनेछन् ।
२५ जनाको सचिवालय हुनेछ । जसमा नाउपाबाट १३ र जनमतबाट १२ जना हुनेछन् । पदाधिकारीहरुको भागवण्डा पनि भइसकेको एक नेताले बताए । केन्द्रीय समिति कति सदस्यीय हुने भन्ने टुंगो लाग्न बाँकी छ ।
‘दुबै पार्टीबाट ५०/५० प्रतिशत हुने भनिएको छ’ जनमतका प्रवक्ता डा. शरदसिंह यादवले भने, ‘हाम्रो केन्द्रीय कमिटी थोरै ठूलो भएकाले मिलाउन केही समय लागेको छ ।’

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?

चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
