वार्ता गर्न गएको शिक्षक महासंघको टोली सिंहदरबार गेटबाटै फर्कियो
                                                                    
                                
                            १२ वैशाख, काठमाडौं । सरकार र शिक्षकहरुबीच शुक्रबार हुने भनिएको वार्ता औपचारिक रुपमा सुरु नै हुन सकेन ।
 
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुको उचित माग सम्बोधन गरी तीन दिनभित्र पठनपाठन सञ्चालन हुने वातावरण निर्माण गर्न आदेश दिएको भोलिपल्ट आज शुक्रबार नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएका थिए ।
मन्त्री पन्तका अनुसार शिक्षकसँग सम्बन्धित सबैका कुरा सुन्ने उद्देश्यले २५ जनाको नाम गेटपासका लागि पठाइएको थियो ।
 
तर आन्दोलनरत शिक्षकहरुले सम्वादका लागि ५ सदस्यीय टोली बनाएको छ । वार्ता हुने खबर पाएपछि केही शिक्षक प्रतिनिधि मन्त्रालयमा पुगेका पनि थिए ।
 
तर वार्ता टोली सिंहदरबारभित्र प्रवेश नै गरेन । गेटपासका लागि २५ जनाको नाम पठाएकामा आपत्ति जनायो । वार्ता टोली मन्त्रालयमै गएन । मन्त्रालय पुगेका तीन जना पनि फर्किएका छन् ।
 
‘हामीले के निष्कर्ष निकाल्यौं कि २५ सदस्यीय टोली मन्त्रालयले बनाएको छ जबकी को को वार्ता टोलीमा बस्छौं भन्ने अधिकार नेपाल शिक्षक महासंघको छ’, शिक्षक महासंघको एक घटक राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंहले भने ।
 
वार्ता सुरु नै हुन नसकेपछि शिक्षामन्त्री रघुजी पन्तले आधिकारिक वार्ता टोली पठाउन शिक्षक महासंघलाई आग्रह गरेका छन् । 
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली बनाओस्, हामी आधिकारिक वार्ता टोलीसँग कुराकानी गर्न र समस्या समाधान गर्न तयार छौं ।’
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)