नेभिगेशन
राजनीति

शिक्षकहरुले खोजे क्याबिनेटको निर्णय र विधेयक पास गर्ने टाइमलाइन 

१२ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग भएको वार्ता सकारात्मक भएको आन्दोलनरत शिक्षकहरुले बताएका छन् । 

शनिबार शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्री रघुजी पन्त आफैं वार्तामा बसेका थिए । वार्तामा नेपाल शिक्षक महासंघका पदाधिकारीका साथै शिक्षक संघ संगठनका प्रतिनिधिहरुले आआफ्नो धारणा राखे ।

उनीहरुले आफूहरुको मागबारे मन्त्रिपरिषदबाट हुन सक्ने निर्णयहरु तत्काल गर्न माग गरेका छन् । विधेयकको हकमा पास गर्ने टाइमलाइन र राजनीतिक प्रतिवद्धता खोजेका छन् ।

तीन शीर्ष नेताहरु (प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड), सभामुख र संसदीय समितिका सभापति बसेर विधेयक यो अधिवेशनबाट पास हुन्छ भन्ने सुनिश्चतता गर्नुपर्ने उनीहरुले बताएका छन् । 

वार्तामा सहभागी एक शिक्षक प्रतिनिधिले भने, ‘यसो यो भने हामी आन्दोलन रोकेर पठनपाठनमा फर्किन्छौं । नभए हाम्रो आन्दोलन जारी रहन्छ ।’ 

वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आपसी सहमतिमा फेरि वार्ता हुने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति