एमसीसी रोकिन सक्छ, सहनुको विकल्प छैन : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यक्रम बन्द हुन सक्ने बताएका छन् ।
शनिबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी बन्द भए पनि निराश हुन नहुने बताए ।
‘एमसीसी अझै ४ देशमा रोकिएको छैन, हाम्रोमा आउँछ कि भन्ने कतिपयको कुरा छ’, उनले भने, ‘हाम्रोमा नआउन सक्छ, कहिँ पनि नजान सक्छ ।’ एमसीसी नआए पनि नेपालले सहने बाहेक अरु उपाय नभएको प्रधानमन्त्री ओलीले बताए ।
उनले अमेरिकाले एमसीसी कार्यक्रम रोक्नु गलत हुने पनि बताए । ‘यो ठीक तरिका होइन, राष्ट्रहरुका बीचमा गरिएको सम्झौता आफ्नो देशको कानुन भन्दा माथि हुन्छ, एमसीसी सम्झौता अमेरिकाको सिनेटले पास गरेको, हाम्रो संसदबाट पनि उहाँहरुकै आग्रहमा पास गरायो’, प्रधानमन्त्री ओलीले भने, ‘ट्रान्समिसन लाइनका लागि चर्कै मुआब्जा दिएर अधिग्रहण गरेका छौं । नबन्ने हो भने त्यो जग्गा के काम ?'
यद्यपि एमसीसी रोकिए पनि निराश नहुने र त्यसको सामना गर्ने उनले बताए ।
नेपाल आउँदो वर्ष अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ । प्रधानमन्त्री ओलीले स्तरोन्नति भएपछि नेपालले पाउँदै आएको अनुदान र सस्तो ब्याजको ऋणहरु रोकिन सक्ने बताए ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

