राजावादी नेताहरु एउटै मञ्चमा
राजावादी नेताहरु सोमबार एउटै मञ्चमा देखिएका छन् । राप्रपा नेपालले शान्ति वाटिकामा गरेको विरोध सभामा राजतन्त्र पक्षधर समूह वा दलका नेताहरु उपस्थित भएका हुन् ।
सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएपछि अरु नेताहरु उत्साहित भएका हुन् । यसअघि अरुले गरेका विरोध सभा वा प्रदर्शनमा लिङ्देन जाने गरेका थिएनन् ।
सोमबार सभामा पुगेका लिङ्देनले ऐक्यवद्धताका लागि आफू आएको बताए । उनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठन गर्न समेत माग गरे । उनले भने, ‘न्यायिक आयोग गठन नभएसम्म हामी आन्दोलित भइराख्नुपर्छ । यसका लागि सबैसँग सहकार्य गर्न तयार छौं ।’
उनीभन्दा अगाडि बोलेका राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादीहरुमा टुटफुट छैन भन्ने प्रष्ट भएको बताएका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नदिने गरी फौजदारी संहितामा संशोधन गर्न खोजेको भन्दै आलोचना गरे ।
संविधानको मर्म विपरीत कानुन संशोधन गरे देशमा आगो बल्ने र त्यसको लप्कोमा सबभन्दा पहिले शासकहरु पर्ने चेतावनी दिए । उनले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, तपाईंहरुको यो काम कुनै हालतमा सफल हुने छैन ।’
थापाले राजसंस्था पुनर्स्थापनाको आन्दालेनको सक्रिय नेतृत्व गर्न राप्रपा र त्यसका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरे । उनले भने, ‘हामी एकढिक्का भएर अगाडि बढ्ने हो भने गणतन्त्र पक्षधर नेताहरु सोच्न बाँध्य हुने छन् ।’
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
