शिक्षकसँग आज पनि वार्ता, महासंघले खोज्यो ऐन ल्याउने डेडलाइन
सरकार र शिक्षक महासंघबीच बुधबार पनि वार्ता हुँदैछ । शिक्षक महासंघको आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीका अनुसार दिउँसो २ बजेपछि वार्ता हुनेछ ।
यसअघि मंगलबार राति भएको वार्तामा शिक्षकहरुले मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने आफ्ना मागहरु पेश गरेका थिए ।
जसमा शिक्षकलाई शिक्षकलाई प्रादेशिक अस्पताल र निजामती अस्पतालमा उपचार सहुलियतको व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने र अवकाश पाउँदा एकमुष्ट भुक्तानी हुनुपर्ने प्रस्ताव छ ।
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि खरिदारसरह दरबन्दी कायम गर्ने र प्रतिमहिना ३२ हजार ९०२ रुपैयाँ तलब दिने, विद्यालय सहयोगीलाई २६ हजार ८२ रुपैयाँ तलब दिनुपर्ने प्रस्ताव शिक्षक महासंघको छ ।
अनि स्थायी शिक्षकहरुको निजामती सरह ग्रेड र बिदा कायम हुनुपर्ने, निजी विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने र मर्यादाक्रममा शिक्षकहरुलाई पनि राख्नुपर्ने लगायतका विषय छन् । यो विषयमा सरकार सहमत भएमा विद्यालय फर्किने शिक्षकहरुको भनाइ छ ।
यो बाहेक विद्यालय शिक्षा ऐन जारी गर्ने समयसीमासहितको विश्वासिलो आधार पनि चाहिने संयोजक पराजुलीले जानकारी दिइन् ।
विगतमा शिक्षकसँग भएका सहमति समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघ २०८१ चैत २० देखि सडक आन्दोलनमा छन् । संयोजक पराजुलीका अनुसार २९ दिन हुँदा पनि सरकार जिम्मेवार नभएको अनुभूति भइरहेको उनले बताइन् ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

