शिक्षकसँग आज पनि वार्ता, महासंघले खोज्यो ऐन ल्याउने डेडलाइन

सरकार र शिक्षक महासंघबीच बुधबार पनि वार्ता हुँदैछ । शिक्षक महासंघको आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीका अनुसार दिउँसो २ बजेपछि वार्ता हुनेछ ।
यसअघि मंगलबार राति भएको वार्तामा शिक्षकहरुले मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने आफ्ना मागहरु पेश गरेका थिए ।
जसमा शिक्षकलाई शिक्षकलाई प्रादेशिक अस्पताल र निजामती अस्पतालमा उपचार सहुलियतको व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने र अवकाश पाउँदा एकमुष्ट भुक्तानी हुनुपर्ने प्रस्ताव छ ।
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि खरिदारसरह दरबन्दी कायम गर्ने र प्रतिमहिना ३२ हजार ९०२ रुपैयाँ तलब दिने, विद्यालय सहयोगीलाई २६ हजार ८२ रुपैयाँ तलब दिनुपर्ने प्रस्ताव शिक्षक महासंघको छ ।
अनि स्थायी शिक्षकहरुको निजामती सरह ग्रेड र बिदा कायम हुनुपर्ने, निजी विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने र मर्यादाक्रममा शिक्षकहरुलाई पनि राख्नुपर्ने लगायतका विषय छन् । यो विषयमा सरकार सहमत भएमा विद्यालय फर्किने शिक्षकहरुको भनाइ छ ।
यो बाहेक विद्यालय शिक्षा ऐन जारी गर्ने समयसीमासहितको विश्वासिलो आधार पनि चाहिने संयोजक पराजुलीले जानकारी दिइन् ।
विगतमा शिक्षकसँग भएका सहमति समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघ २०८१ चैत २० देखि सडक आन्दोलनमा छन् । संयोजक पराजुलीका अनुसार २९ दिन हुँदा पनि सरकार जिम्मेवार नभएको अनुभूति भइरहेको उनले बताइन् ।

राष्ट्रपति र प्रधानसेनापतिलाई प्रचण्डको धन्यवाद

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?
