रेशम चौधरी पक्राउ, नाउपा र जनमतको एकता सभा स्थगित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरी पक्राउ परेका छन् । उनी कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ परेका हुन् ।
चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । बुधबार जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम तय थियो । त्यही कार्यक्रमा सहभागी हुन पुगेका बेला चौधरी पक्राउ परेका हुन् ।
प्रहरीले उनी पक्राउ पर्नुको कारण खुलाएको छैन ।
प्रहरीले चौधरीलाई डिल्लीबजार कारागार पुर्याएको छ । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनाका प्रमुख आरोपी चौधरी पाँच वर्ष तीन महिना जेल सजाय काटेर छुटेका थिए । राष्ट्रपतिबाट १४ वर्ष ९ महिनाको कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
त्यसको २ वर्षपछि कमलादीमा सीके राउतको जनमत पार्टीसँग एकता गर्ने दिन नै उनी पक्राउ परेका छन् । उनी पक्राउ परेपछि दुई पार्टीको एकता घोषणा सभा नै स्थगित भएको छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

