रेशमलाई पक्राउ गर्ने पत्र बोकेर आईजीपी कहाँ पुगेका थिए विष्ट

२५ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउका लगि सर्वोच्च अदालतको पत्र बोकेर शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय, पुगेको खुलेको छ ।
त्यही पत्रका आधारमा प्रहरीले चौधरीलाई वैशाख १७ गते पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले पत्र आधिकारिक नभएको बताएपछि चौधरी छुटे । कीर्ते गरेको आरोपमा सर्वोच्चका शाखा अधिकृत विष्ट भने पक्राउ गरेका छन् ।
यसबारे नाउपाले सरकारसँग जवाफ मागेपछि बिहीबार बिहीबार गृहमन्त्री रमेश लेखकले जवाफ दिएका छन् ।
उनका अनुसार सर्वोच्चको पत्र बोकेर विष्ट आफैं प्रहरी प्रधान कार्यालय पुगेको थिए । ‘प्रहरी महानिरीक्षकले बताए अनुसार निजले आफ्नो परिचयपत्र देखाए र अदालतको आदेश कार्यान्वयन गर्न आएको बताए’, लेखकले भने ।
अदालतको आदेश कार्यान्वयन गर्नु आफ्नो दायित्व भएकाले प्रहरी परिसर काठमाडौं पठाएको र त्यहाँको टोलीले रेशमलाई नियन्त्रणमा लिएको लेखकले संसदलाई जानकारी दिए ।
प्रहरी महानिरीक्षक दिपक थापाले जानकारी गराए लगतै आफूले सर्वोच्च अदालतका रजिष्टारलाई फोन गरेर सोधेको उनले सुनाए ।
पछि पत्र आधिकारिक नभएको जानकारी आएको र रेशम रिहा भएको भन्दै गृहमन्त्री लेखकले भने, ‘यसअघि अदालतबाट हुने पत्रचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने बाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु ।’

संसदीय समितिमा रमिता, टेबल ठोकाठोक र बाझाबाझ

भौतिक पूर्वाधारको बजेटमा ओली र देउवाका लागि विशेष प्याकेज

माओवादी र सत्तापक्षबीच सहमति, रास्वपाको नाराबाजीकै बीच संसद सञ्चालन

संसदको अवरोध खुलाउन दलहरु सहमति नजिक, के छ रास्वपाको अडान ?

संवैधानिक आयोगको पदाधिकारीको मुद्दामा निर्णय सुनाउने दिन सर्यो
