‘फेक एकाउण्ट’मा अल्मलिएका युवालाई उद्यमशील बनाउँछौं : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको फेक एकाउन्टमा अलमलिएका युवालाई उद्यमशील बनाउने बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले जेनजी पुस्ताका लागि ल्याएको कार्यक्रमले सामाजिक सञ्जालमा अलमलिएका युवालाई उद्यमशील बनाउने दाबी गरे ।
‘जेन–जी’ पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याइएको नीति तथा कार्यक्रम भएकाले यहाँहरुले यसको आकार र भाषामा परम्परा तोडिएको पाउनु हुनेछ’, उनले भनेका छन्, ‘यसले सामाजिक सञ्जालका फेक एकाउन्टहरुमा अल्मलिएका युवाहरुलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने छ भन्ने अपेक्षा राखेको छु ।’
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले जेनजी पुस्तालाई लक्षित गर्दै स्टार्ट अप कार्यक्रम ल्याएको छ ।
ओलीले युवाहरुलाई रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइ सँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा प्रवेशको ढोका खोल्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि केही ऐनहरु संसदले छिटो पारित गर्र्नुपर्ने बताएका छन् । ती विधेयकहरु यी हुन्
- वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
- संघीय निजामती सेवासम्बन्धी विधेयक
- नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
- विद्यालय शिक्षा विधेयक
- नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
- नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश




-1765982600.jpg)