सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
                                                                    
                                
                            पीडितहरुको असन्तुष्टिका बाबजुद सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले सत्य निरुपण आयोगको अध्यक्षमा महेश थापालाई नियुक्त गरेको छ । उनी पूर्वनायब महान्यायाधिवक्ता हुन् ।
सत्य निरुपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्या ओझा नियुक्त भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै बेपत्ता आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गड्तौला नियुक्त भएकी छन् ।
सदस्यहरुमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली रहेका छन् ।
आयोगका पदाधिकारीहरुको पदावधि ४ वर्षको हुनेछ ।
सरकारले सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । सिफारिस समितिको सिफारिसका आधारमा अध्यक्ष र सदस्यहरु नियुक्त भएका हुन् ।
सत्तारुढ दलहरुबीच भएको भागवण्डामा सत्य निरुपण कांग्रेस र बेपत्ता आयोगको अध्यक्ष एमालेको कोटामा परेको थियो । दुबै आयोगका सदस्यहरु पनि दलीय भागवण्डाका आधारमा सिफारिस भएपछि पीडितहरुले भने नागरिक आयोग बनाउने चेतावनी दिएका थिए ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



