रास्वपाले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
शनिबार बसेको रास्वपाको सचिवालय बैठकले भिजिट भिसा मार्फत मानव तस्करीमा गृहमन्त्री र उनको सचिवालय नै संलग्न रहेको सार्वजनिक भएको भन्दै मन्त्री लेखकको राजीनामा माग गरेको हो ।
विगतमा हालका गृहमन्त्री लेखकले संसदमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेको स्मरण गराउँदै रास्वपाले यथाशीघ्र राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको हो ।
भिजिट भिसामार्फत नेपालीहरुलाई विदेशमा रोजगारीमा पठाउन संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालय मातहतको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितका कर्मचारीलाई पक्राउ गरेको छ ।
यो घटनामा गृह मन्त्री र उनको सचिवालयका कर्मचारीहरु नै संलग्न रहेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठेको छ ।
रास्वपाले यो मुद्दालाई लिएर सदन अवरुद्ध गर्ने संकेत पनि गरेको छ ।
हेर्नुहोस् रास्वपाको विज्ञप्ति

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

