गृहमन्त्रीलाई क्लिन चिट, डा. शेखरलाई स्पष्टीकरण सोध्न दबाव
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
भिजिट भिसाका जान खोज्नेहरुसँग सेटिङमा रकम असुलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनका प्रमुख नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै विगतमा यस्ता अभियोगमा मुछिएकाहरु गृहमन्त्री लेखककै सचिवालयमा रहेको पाइएको छ ।
यससँगै गृहमन्त्री लेखकमाथि राजीनामा दिनुपर्ने दबाव छ । विपक्षी दलहरुले उनको राजीनामा मागेका छन् भने होइन, कांग्रेसकै डा. शेखर कोइराला लगायतका नेताहरुले पनि राजीनामा दिन सुझाएका थिए ।
सोमबार कांग्रेस पदाधिकारीको बैठकमा समेत यसबारे छलफल भएको थियो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गृहमन्त्री लेखकले सविस्तार आफ्नो कुरा राखेका थिए । ‘उहाँले आफ्नो कुनै हिसाबको संलग्नता छैन । मैले कमजोरी गल्ती गरेको छैन भन्नुभयो’, महतले भने, ‘हामीले उहाँको कुरालाई पूर्ण रुपमा विश्वास गर्यौं ।’
नेताहरुले संसदमा र संसद बाहिर आफ्ना कुरा राख्न गृहमन्त्री लेखकलाई सुझाव दिएका छन् । बरु बैठकमा शशांक कोइराला लगायतका नेताहरुले गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरेका थिए । देउवा भने केही जवाफ दिएनन् ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





