प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन : आइन्दा त्यस्ता कुरा नदोहोरियोस्
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् । सोमवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए । प्रधानमन्त्रीले उत्तेजक अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।
कांग्रेस नेताहरुले पनि प्रधानमन्त्रीको सबै अभिव्यक्तिको जिम्मा नलिने बताएको छ । महामन्त्री थापाले पनि कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने बताए ।
उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो, त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।’
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश




-1765982600.jpg)