प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन : आइन्दा त्यस्ता कुरा नदोहोरियोस्
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् । सोमवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए । प्रधानमन्त्रीले उत्तेजक अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।
कांग्रेस नेताहरुले पनि प्रधानमन्त्रीको सबै अभिव्यक्तिको जिम्मा नलिने बताएको छ । महामन्त्री थापाले पनि कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने बताए ।
उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो, त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।’
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

